शिवमन्दिर निर्माण सहयोग प्रदान गर्ने र जग्गादाताहरुलाई प्रतिस्ठानको धन्यवाद तथा आभार

शिवमन्दिर निर्माण सहयोग प्रदान गर्ने र जग्गादाताहरुलाई प्रतिस्ठानको धन्यवाद तथा आभार

Date: 2078-12-02

क्यावुगं विकास प्रतिस्ठानले समग्र क्यावुगंको विकास र उन्नतिको लागि सामुहिक हातोमालो गर्दै आफ्नो गाउँ ठाउँको सद्भाव र भाइचारा बढाउँदै स्थानीय क्षेत्रमा कला संस्कृति, शिक्षा, स्वास्थ्य, धार्मिक आस्थाको सम्वर्धन र समृद्धिको लागि समुदायको प्रयास नतिजामुखी बनाउने अभियानमा जोडिदै जाँदा गत बर्ष जनकलाल शर्मा शतबार्षिकी भर्चुअल समाह्रोह सम्पन्न भएपश्चात् प्रतिस्ठानको श्रीबृद्धिको लागि संस्कृति पर्यटन मन्त्रालयको विशेष आर्थिक सहयोगमा क्याबुगंमा जन्म भई भक्तपुर निवासी पशुपति क्षेत्र विकास कोषका बोर्ड सदस्य देविप्रसाद बरालको शिवमन्दिर निर्माणार्थ आर्थिक सहयोगको प्रतिवद्धता प्राप्त भएसंगै प्रतिस्ठानलाई आवश्यक जग्गा प्रदान गर्न क्यावुगं निवासी समाजसेवी महानुभावहरु होम दुलाल, तिलचान पोख्रेल, केन्द्र प्रसाद चापागाई बाट क्रमस ११ आनाको दरले ३३ आना अर्थात् २ रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ यसका लागि चारै जना समाजसेवीलाई क्यावुगं विकास प्रतिस्ठान हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्दछ । उक्त भूमिमा सार्वजनिक शिव मन्दिर तथा प्रतिस्ठानको सामुदायिक भवन निर्माण हुने भएकोले सबैलाई यो पुन्यकाममा सामेल भई मातृभूमिको विकास र उत्थानका लागि हातेमालो गरी अगाडि बढ्न अनुरोध गर्दछौँ ।