इलाम जिल्ला पश्चिमी क्षेत्र अवस्थित मंगलबारे गा.वि.स. अन्र्तगत पर्ने एउटा गाउँ हो । क्याबुङ्ग नाम सगै एक इतिहास रहेको छ । घुमन्ते किराँति लिम्बूहरुको आगमन भएपछि लिम्बू भाषामा केवाबुङ्ग शब्दबाट नै क्याबुङ्गको नामाकरण गरिएको पाइन्छ । केवा र बुङ्ग २ वटा शब्द संयोजन भई केवाबुङ्ग भयो । केवा एकप्रकारको हात्तिवार जस्तो बोट भएको टुप्पामा काँडा भएको र घरमा काँडा नभएको फूल र बुङ्ग भनेको बोट अर्थात केवा फूलको बोट पाइने स्थान केवाबुङ्ग हुदै कालान्तरमा क्याबुङ्ग नाम रहन गएको । प्राकृतिक सुन्दरताले भरिपुर्ण यस क्षेत्रमा विभिन्न बनस्पति, जडिबुटि, फलफुल, सागसब्जी आदि पाइन्छ।