Introduction

क्याबुङ्ग एक परिचय

यो गाउँ पहिला पहिला जंगल क्षेत्र थियो । किंवदन्ती अनुसार यसगाँउका समथर टारहरु थिए । यहाँ हाली समेत पाइन्थ्यो । यहाँ झापादेखि माइखोला , देउमाइ खोला र लेवा खोला हुदै यहाँ सम्म हात्ति ओहोरदोहोर गर्थे । भू क्षयीकरण, जमीन घस्रनु, पैरो जानु, खोला खोल्साको बहाव सँग सगै यहाँको प्राकृतिक रुपमा परिवर्तन हुदै गयो र भिर तथा भिरालोपन बढ्दै गयो भने दक्षिण तिरवाट जाने लेवा खोलाको कारणले भूस्खलन हुन गई हात्तिहरु आवत जावत गर्न सक्न छोडे । र अहिले पूर्ण पहाडी इलाका हुन पुग्यो ।यस गाँउमा सुरुमा के कस्ता जात जाती थे ।किराँती लिम्बूहरुको आगमन पश्चात उनीहरु पनि भागेर पूर्वतिर लागे । किराँति लिम्बूहरुको आगमन पश्चात उनीहरु पनि भागेर पूर्वतीर लागे । किराँति लिम्बूहरुको आगमन भएपछि मात्र यस क्षेत्रको नामाकरण गरिएको थियो । क्याबुङ्ग नामले नै लिम्बू भाषामा आधारीत भएको पाइन्छ । पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरे पश्चात यस क्षेत्रको हेरचार र कर लिन लिम्बू जाति लाई सुब्बा पद दिइ उनीहरुकै  संरक्षणमा यो क्षेत्र पनि दिइएको थियो ।

पछि राणा शासनकालमा क्याबुङ्गलाई एउटा प्रशासनिक इकाई खडा गरी थूं फाकफोक अन्र्तगत क्याबुङ्ग मौजा रहन गयो । उक्त मौजा अन्र्तगत यस क्षेत्रका  वरीपरीका अन्य गाँबस्थे त्यसको कुनै सत्य तथ्य प्रमाण फेला परेका छैनन् । तर जुन समयमा किराँतहरु काठामाडौ उपत्याका बाट लिच्छविहरुले लखेटे पछि उनीहरु पूर्वतिर लागे । गाउ र ठाउँ विशेषले आफ्नो थर गोत्र बदल्दै किराँतहरु यस क्षेत्रमा आइपुगे त्यस बेला यस क्षेत्रमा यहाँका आदिवासी लेप्चाहरु बसोबास गर्दउ समेत यहाबाट हेर्ने गरिन्थ्यो ।

क्याबुङ्ग शब्द नामाकरणः हाल सम्म क्याबुङ्ग शब्द कुन कुन भाषाबाट के अर्थ लाग्छ भन्ने केलाउदा क्याबुङ्ग शुद्ध लिम्बुभाषाको शब्द भएको ठहर भएको छ । लिम्बू भाषामा क्याबुङ्गको अर्थ ः

क. लिम्बु भाषामा क्याबुङ्गलाई यसरी हेरिन्छ , केवा र कुङ्ग २ वटा शब्द संयोजन भई केवाबुङ्ग भयो । केवा (एकप्रकारको हात्तिवार जस्तो बोट भएको टुप्पामा काँडा भएको र घरमा काँडा नभएको फूल र बुङ्ग भनेको बोट अर्थात केवा फूलको बोट पाइने स्थान केवाबुङ्ग हुदै कालान्तरमा क्याबुङ्ग नाम रहन गएको ।

ख. लिम्बू भाषामै फापरलाई क्यावो भनिन्छ । हुन सक्छ सिंचाइ सुविधा नभएको बेला वारीमा प्रशस्त क्यावो खेती गरिने भएकोले यसलाई क्याबोबुङ्ग भन्दै अपभ्रंस भएर क्याबुङ्ग हुन गएको हो ।

ग. लिम्बू भाषामा के भनेको ढोल र यस क्षेत्रमा बुङु भनेको रुख हुने हुनाले यस ठाउँमा ढोलको लागि उपयोगी रुख भएको हुनाले के बुङ्ग हुदै क्याबुङ्ग भएको हुन सक्छ ।

यि माथिका आधारमा क्याबुङ्ग शब्द शुद्ध लिम्बू भाषबाट रहन गएको हो भन्ने कुरा स्पष्ट हुन  जान्छ ।

पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको बखत यस क्षेत्रमा लिम्बू जातीको राज्य थियो । पश्चिम तर्फ बाट नेपाल राज्यको फौज आएको थाहा पाए पछि यस क्षेत्रका राजा भागेरपूर्व तर्फ लागे भन्ने भनाइ छ । यसरी राजा भागेपछि सजिलै सँग गोर्खाली सेनाले आफ्नो अधिपत्य विना रक्तपात कायम गर्यो भने तिनै बासिन्दालाई यहाँको हेरचारका लागि किपर लेखी लालामोहर लगाई लिम्बू जातिलाई नै  थरी सुब्बा पद दिइयो । अहिले सुन्नमा पाईन्छ पृथ्बी नारायण शाहाले दिएको लालमोहरा म  र मेरा सन्तानले नेपाल राज्यमा राज गरुन्जेल तिमीहरु मेरा अधिनमा बस्नु र त्यस पश्चात तिमीहरुको राज्य आफै भोग चलान गर्नु भनि दिइएको थियो । र त्यहि कारण अहिले लिम्बुवान प्रान्तको भाग यस क्षेत्रमा बढी रहेको छ ।जेनतेन यस क्षेत्रमा विभिन्न कालखण्डमा विभिन्न घटनाक्रमहरु हुदै आए । विं सं. २००७ सालको राणा विरोधी कार्यमा पनि यो क्षेत्रको महत्वपूर्ण योगदान  रहेको छ । देशमा प्रजातन्त्रको स्थापना भइसकेपछि पाँचथर, ताप्लेजुङ्गतर्फबाट आफै लिम्बूवानको राजा बन्ने अभियान लिएर हिडेका विजयबहादुरको यहि क्याबुङ्गमा तत्कालीन नेपाल सरकारको सेनाले हत्या गरेपछि यहाँको आन्दोलन  मत्थर भएको थियो । स्मरण रहोस विजयबहादुर पहिला नेपाली काँग्रेसका कार्यकर्ता थिए  पछि उनी अरुको उक्साहटमा लागेर काँग्रेसका कार्यकर्ता थिए तर पछि उनी अरुको उक्साहटमा लागेर काँग्रेस विरोधीकार्यक्रम गर्दै हिडेका थिए ।२००७ देखि २०१५ सम्म देशको राजनैतिक अस्थिरता सँगै यो क्षेत्र पनिअस्थिर बन्यो । वि. सं. २०१५ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार गणेश रिजालले विजय प्राप्त गरेका थिए । त्यस पछाडीको इतिहारलाइ क्याबुङ्गको राजनैतिक इतिहासमा उल्लेख गरिनेछ ।FacebookTwitterMessengerViberWhatsApp