शिक्षा

क्याबुङ्गको शैक्षिक एतिहास हेर्दा वर्तमान अवस्थामा जति प्रगति हुनुपर्ने थियो त्यति हुन सकेको छैन। परम्परागत गुरुकुल शिक्षााबाट प्रारम्भ भएको शिक्षा फस्टाउन पे नारायण प्रसाद नेपाल, पे शास्त्री लगायतको महत्वपूर्ण योगदान रहेको छ। आधुनिक शिक्षा प्रणालिको विकाश भानुभक्त मा वि मंगलवारे २००८ सालमा स्थापना भएपछि सुरु भएको हो। क्यावुङ्ग भित्र २०२५ सालमा प्रजापति पराजुलीबाट अफ्नै घरमा पाठशाला खडा गरी सुरु गरेको पाईन्छ। त्यसपछि धर्म प्र पराजुली र पूण्य प्र बरालले विद्यालयलाई जग्गा उपलब्ध गराएपछि श्री लक्ष्मि आधारभूत विद्यालयको जन्म भएको हो। त्यहि विद्यालय हालसम्म सन्चालन भईरहेको छ। एकवटा वालविकाश केन्द्र पनि विद्यालयमा सन्चालनमा रहेको छ।

Baixar Photoshop Crackeado