स्वास्थ्य
स्वास्थ्य नै धन हो। पहाडि भू-भागमा मुख्य पेशा कृषि भएको हाम्रो समाजमा अझै उत्पादनको सागसब्जि प्राय दुई छाक टार्न सकिन्छ त्यस्तो जिवनशैली स्वास्थ्य हुनु स्वभाविक नै हो। यद्यपि यस गाउँमा मानिसहरुलाई गम्भिर रोगहरुले पनि आपत पारेको छ। खानेपानी तथा चर्पिको पहुँच पुगेको छ,आजबाट हालका दिनसम्म कुनै झाडापखाला,आउँ जस्ता रोगहरु प्राय उन्मुलन भईसकेको छ। गम्भिर तथा नसर्ने रोगहरुमा यस गाउँमा दम,क्यान्सर,मधुमेह,उच्च रक्तचाप,युरिकएसीड,मृगौला सम्वन्धि रोहरुको प्रभाव रहेको पाईन्छ।
नियमित खोप लगाईएको यस गाउँमा रहेको छ भने, यस गाउँमा महिला स्वयमंसेविकाहरु खगेन्द्रकला भट्टराई,यमुना पराजुली र फुलमाया निरौला रहनुभएको छ। आगामि दिनहरुमा विभिन्न महामारी सगँ जुधेर स्वास्थ्य जिवन जिउनका लागि हाल भएको स्वास्थ्य विमाले सहयोग गरेको छ। स्वास्थ्य क्ष्ेत्रमा अलि रुचि राखि आवश्यकता बढाउनु पर्ने देखिन्छ।
