कृषि
परम्परागत जिविकोमुखि पेसा गर्दै आएका क्याबुङ्ग वासि पछिल्लो अवस्थामा केहि ब्यवसाहिक तर्फ उन्मुख भएको देखिन्छ। यहाँ उत्पादन हुने धान, मकै,जै आदी खाद्यान्नको रुपमा र बिभिन्न जातका तरकारीहरु पनि लगाउने गरीन्छ। पशु तथा बाख्रा पालन तर्फ अहिले भूकाव बडेको छ। नश्ल सुधार गरी आधुनिक प्रजातिका पशु तथा बाख्रा पालन ब्यवसाय बढेको छ। जङ्गल बढेको छ। कृषि उत्पदन ६० रहेको छ। कृषि क्षेत्रमा उन्नत जातको मल, विउविजन आदिको सहयोग प्रात्त भएमा उत्पादन अझ बढ्ने देखिन्छ। नगदेबालि उत्पादनमा बढी जोड दिनु पर्ने देखिन्छ। अलैँचि, अदुवा, अकबरे आदि विकाश गरी कृषि पेशालाई थप बढाउन आवश्यक छ।
