इलाम जिल्ला पश्चिमी क्षेत्र अवस्थित मंगलबारे गा.वि.स. अन्र्तगत पर्ने एउटा गाउँ हो । क्याबुङ्ग नाम सगै एक इतिहास रहेको छ । घुमन्ते किराँति लिम्बूहरुको आगमन भएपछि लिम्बू भाषामा केवाबुङ्ग शब्दबाट नै क्याबुङ्गको नामाकरण गरिएको पाइन्छ । केवा र बुङ्ग २ वटा शब्द संयोजन भई केवाबुङ्ग भयो । केवा एकप्रकारको हात्तिवार जस्तो बोट भएको टुप्पामा काँडा भएको र घरमा काँडा नभएको फूल र बुङ्ग भनेको बोट अर्थात केवा फूलको बोट पाइने स्थान केवाबुङ्ग हुदै कालान्तरमा क्याबुङ्ग नाम रहन गएको । प्राकृतिक सुन्दरताले भरिपुर्ण यस क्षेत्रमा विभिन्न बनस्पति, जडिबुटि, फलफुल, सागसब्जी आदि पाइन्छ।यो गाउँ पहिला पहिला जंगल क्षेत्र थियो । किंवदन्ती अनुसार यसगाँउका समथर टारहरु थिए । यहाँ हाली समेत पाइन्थ्यो । यहाँ झापादेखि माइखोला , देउमाइ खोला र लेवा खोला हुदै यहाँ सम्म हात्ति ओहोरदोहोर गर्थे । भू क्षयीकरण, जमीन घस्रनु, पैरो जानु, खोला खोल्साको बहाव सँग सगै यहाँको प्राकृतिक रुपमा परिवर्तन हुदै गयो र भिर तथा भिरालोपन बढ्दै गयो भने दक्षिण तिरवाट जाने लेवा खोलाको कारणले भूस्खलन हुन गई हात्तिहरु आवत जावत गर्न सक्न छोडे । र अहिले पूर्ण पहाडी इलाका हुन पुग्यो ।यस गाँउमा सुरुमा के कस्ता जात जाती थे ।किराँती लिम्बूहरुको आगमन पश्चात उनीहरु पनि भागेर पूर्वतिर लागे । किराँति लिम्बूहरुको आगमन पश्चात उनीहरु पनि भागेर पूर्वतीर लागे । किराँति लिम्बूहरुको आगमन भएपछि मात्र यस क्षेत्रको नामाकरण गरिएको थियो । क्याबुङ्ग नामले नै लिम्बू भाषामा आधारीत भएको पाइन्छ । पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरे पश्चात यस क्षेत्रको हेरचार र कर लिन लिम्बू जाति लाई सुब्बा पद दिइ उनीहरुकै संरक्षणमा यो क्षेत्र पनि दिइएको थियो ।
More About Usएकता र सामाजिक सत्भाव सहितको समुन्नत क्याबुङ्गको निमार्ण
शान्त र विकशित क्याबुङ्गको निमार्ण गर्ने
इलाइब्रेरी, तालिमकेन्द्र, सीप विकास केन्द्रको रुपमा क्याबुङ्गलाई चिनाउने
A ‘Global Humanity Index’ shall be published and distributed every year to assess the negative impact
Read MoreA person, group and organization that contribute in the field of nature, science ad humanity in Nepal
Read MoreA worldwide organization shall be established and mobilized globally by coordinating, collaborating
Read MoreA team of 24 IT engineers is developing a prototype in the innovation center built in the central
Read MoreTo launch production on 1 st January 2022 from all six continents. To reach to at least 5 million domestic
Read Moreपरम्परागत जिविकोमुखि पेसा गर्दै आएका क्याबुङ्ग वासि पछिल्लो अवस्थामा केहि ब्यवसाहिक तर्फ उन्मुख भएको देखिन्छ। यहाँ उत्पादन हुने धान, मकै,जै…
Read Moreबजारको नजिक भएर पनि यो गाउँमा पुरा ब्यवस्था छैन। गाउँका बासिन्दा मिलेर २०५५ सालमा आफै बाटो खनेर बाटो भित्र्याएको ईतिहास…
Read Moreआधुनिक युग सुचना तथा सञ्चार युग हो। जो सँग बढि सुचना छ त्यससँग बढि पहुँच छ। सञ्चारको विकाशमा विद्युत महत्वपूर्ण…
Read Moreइलाम जिल्ला पश्चिमी क्षेत्र अवस्थित मंगलबारे गा.वि.स. अन्र्तगत पर्ने एउटा गाउँ हो । क्याबुङ्ग नाम सगै एक इतिहास रहेको छ । घुमन्ते किराँति लिम्बूहरुको आगमन भएपछि लिम्बू भाषामा केवाबुङ्ग शब्दबाट नै क्याबुङ्गको नामाकरण गरिएको पाइन्छ । केवा र बुङ्ग २ वटा शब्द संयोजन भई केवाबुङ्ग भयो । केवा एकप्रकारको हात्तिवार जस्तो बोट भएको टुप्पामा काँडा भएको र घरमा काँडा नभएको फूल र बुङ्ग भनेको बोट अर्थात केवा फूलको बोट पाइने स्थान केवाबुङ्ग हुदै कालान्तरमा क्याबुङ्ग नाम रहन गएको । प्राकृतिक सुन्दरताले भरिपुर्ण यस क्षेत्रमा विभिन्न बनस्पति, जडिबुटि, फलफुल, सागसब्जी आदि पाइन्छ।
Learn Moreनेपाल प्रज्ञा प्रतिष्ठान
जिल्ला समन्वय कमिटि,ईलाम
देउमाई नगरपालिका
प्रदेश नं 1